पानी, जीवन बचाउने श्रोत । बिना पानी जीवनको
कल्पना पनि गर्न सकिँदैन । तर, पानी पिउने तरिकाबारेमा अधिकांश अनविज्ञ रहेको जनाइएको छ । हामीले जुनबेला पनि पानी पिउने गर्छौँ । यो सरासर गलत हो । पानी धेरै पिउँदा पनि हामीलाई हानी गर्छ अनि कम पिउँदा पनि । त्यसैले पानी पिउँदा सावधानी अपनाउनु जरुरी देखिन्छसानो अथवा मध्यम शरीर भएकाले प्रतिदिन तीन लिटर र ठूलो शरीर भएकाले चार लिटर पानी खानु स्वास्थ्यका लागि लाभदायक हुन्छ । पानी पिउँदा घटघटी नभई सुरुप–सुरुप पिउनुपर्छ । बीच–बीचमा सास लिनुपर्छ । पानी पिउने उपयुक्त समय र तरिका यी हुन्ः१. बिहान उठ्नसाथ पानी पिउँदा कब्जियतको प्रभाव न्युन भई दिशा खलास हुन्छ । बिहान मनतातो पानीमा मह र कागतीको रस मिसाई पिउँदा समग्र शरीरलाई लाभ मिल्छ ।
२. खाना खानुभन्दा एक घण्टा पहिले र खाना खाएको एक घण्टापछि पानी पिएको राम्रो हुन्छ । अधिकांशले खाना खाइसकेपछि टन्न पानी पिउने गरेको पाइएको छ । यो बिलकुलै गलत हो । यदी खाना धेरै खाएर अटसपटस भएको छ भने एक गिलास तातो पानी पिउन सकिन्छ । खाना खाँदै एक दुई घुट्की चिसो पानी पिउँदा राम्रो हुन्छ । यसो गर्दा शरीरमा पाचन रस निस्किन्छ र पाचन रसले खाना पचाउनलाई सहयोग गर्दछ ।
३. नुहाउनुअघि पानी पिउने गरेमा रक्तचाप नियन्त्रित अवस्थामा रहन्छ । उच्च रक्तचाप हुनेहरूले नुहाउनुअघि पानी पिउने बानी आजैदेखि बसाल्नुपर्छ ।
४. सुत्नुअघि पानी पिउनाले हृदयाघातको जोखिम कम हुन्छ । अनिद्राको समस्या छ भने चाहिँ सुत्नुअघि कम पानी पिउनुपर्छ । किनकि, पानी पिउँदा राति पिसाब आई निद्रा बिथोलिन सक्छ ।
५. पानी पिउँदा बिस्तारै सुरुप सुरुप गरेर पिउनुपर्छ । यसो गर्दा शरीरमा अम्ल र क्षारको मात्रा सन्तुलनमा रहन्छ । पानी बिस्तारै पिउनाले शरीरमा बढी मात्रामा क्षार उत्पन्न हुन्छ जसले अम्लको मात्रालाई सन्तुलन गरिदिन्छ ।
६. काक्रा, खरबुजालगायत फलफूलमा प्रशस्त मात्रामा पानी हुन्छ । त्यसैले यस्ता फलफूल खानासाथ पानी पिउनु हुँदैन ।
७. चिया, कफी, दूधजस्ता तातो वस्तु खानासाथ पानी खानु हुँदैन ।
८. व्यायाम गर्दा शरीरबाट पसिना निस्कन्छ, जसले शरीरलाई डिहाइड्रेट गरिदिन्छ । त्यही भएर व्यायामपछि पानी पिउने गर्नु राम्रो हुन्छ ।
९. बाहिर घामबाट हिँडेर अथवा कामबाट फर्किनासाथ पानी पिउनु हुँदैन । केही क्षण आराम गरेर शरीर नर्मलमा आएपछि पानी पिउनुपर्छ ।
१०. ज्यादा चिसो अथवा तातो पानी भरसक पिउनु हुँदैन । ज्यादा तातो अथवा चिसो पानी पिउने गरेमा यसलाई औसत तापक्रममा ल्याउन पेटले अतिरिक्त श्रम गर्नुपर्छ ।
११. पानी उमालेर पिउनुपर्दछ । उमालेको तातो पानीमा नउमालेको चिसो पानी मिसाएर पिउनेहरुको जमात नै भेट्न सकिन्छ । यसो गर्नु ठिक हुँदैन । उमालेर राखेको चिसो पानी मिसाइ पिउँदा राम्रो हुन्छ । पानीमा क्लोरिन लगायतका अन्य वस्तुहरु राखेर शुद्ध पार्ने काम गरिन्छ । यसैगरी घाममा राखेर पनि शुद्धिकरण प्रक्रिया अपनाउन सकिन्छ । तर सबैभन्दा भरपर्दो उमालेर शुद्ध बनाउनु हुन्छ ।
१२. पानी पँधेरा वा कुवाको निकै राम्रो हुन्छ । माटाको घैँटो र तामाको भाँडोमा राखिएको पानीले शरीरलाई प्रत्यक्ष नै फाइदा गर्दछ ।

0 comments:
Post a Comment
If you have any doubts. Let me know